ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

8.24K
shares

प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार–६ घर भई हाल पोखरा महानगरपालिका–९ बस्ने कृष्णबहादुर नेपालीको छोरा २५ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

गोरखा जिल्ला अदालतको विसं २०७२ मङ्सिर १० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद हुने ठहरेकोमा सो फैसलाउपर उच्च अदालत पोखरामा पुनरावेदन गरी उच्च अदालत पोखराको विसं २०७३ पुस ३ गतेको फैसलाले समेत सोही सजाय सदर गरेको थियो ।

प्रतिवादीले एक महिना ११ दिन प्रहरी तथा न्यायिक हिरासतमा रही बाँकी चार वर्ष १० महिना १९ दिन कैद बाँकी रहेकोमा पोखरा–९ बाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा बाँकी कैद भुक्तानको लागि अदालतले कारागार कार्यालयमा पठाएको प्रनाउ हमालले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083