दशैंकाे मुखमा छाेराद्वारा आमाको हत्या
वि.सं.२०७७ कात्तिक ९ आइतवार ११:४४
9.5K
shares
shares

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा छोराले ढुङ्गा प्रहर गरी आमाको हत्या गरेकाे छ ।
पुनर्वास नगरपालिका ६५ बिगाह शिविर टोलमा बसोवास गर्दै आएका बर्ष अन्दाजी ५० की पार्वती वादीको आफ्नै छोरा बर्ष ३५ को पप्पु वादीले रातीको समयमा सामान्य विवादमा ढुङ्गा प्रहार गरी हत्या गरेकाे हाे ।
हत्यामा संलग्न छोरा पप्पु वादीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिँह बिष्टले जानकारी दिए ।



















