कैदी फरार प्रकरण : जब प्रहरी यौनसम्पर्कको लागि युवती लिएर कोठामा छिरे, जेलरसहित ७ जना पक्राउ

11.02K
shares

दाङकाे घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागारका असई रुद्रसिंह ठकुरी, एक प्रहरी हवल्दार, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी, घोराही होटल प्याराडाइजका सौजन्ने खनालसमेत गरी सात जना रहेका छन्।

खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको व्यक्ति भएको र उनले नै होटलमा युवती लगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको स्रोतले बताएको छ।
प्रकाउ परेकामध्येको नाम नखुलाइएका हवल्दार खासै दोषी नदेखिएको पनि स्रोतले जानकारी दिएको छ। घटना अनुसन्धान अधिकृत अमर वलीका अनुसार दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी प क्रा उ पुर्जी जारी हुनासाथ उनीहरूलाई प क्रा उ गरिएको जानकारी दिए।

तर घोराही कारागारका जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परी सकेको भए पनि अदालतबाट कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको स्रोतको दाबी छ।

घोराही कारागारका जेलर पक्राउ परेलगत्तै उनको जिम्मेवारी खोसेर तुलसीपुर कारागारका जेलेर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको थियो। कारागार शाखाको अनुसन्धान पनि जेलरकै नेतृत्वमा हुने हुँदा अनुसन्धान सकेरमात्रै उनीहरू पक्राउ परेकोबारे जानकारी दिइएको छ।

यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए। बालकृष्ण खाण गृह मन्त्री भएपनि नेपाली काँग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए। त्यसपछि यमराज नाइके बनेका थिए। यमराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउने सम्मका गतिविधिमा कारागारका जेलर युवराजले प्रक्रिया समेत मिचेको देखिएको स्रोतले बताए।

त्यस्तै कुनै पनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छालासम्बन्धी स्वास्थ्य उपचार गराउन भनेर पठाएको कुरा अनुसन्धान अधिकृतले बताएका थिए।

यसरी भागेका थिए नाइके परियार
बिहीबार बिहान कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर उनलाई उपचारका लागि भनेर लगेका थिए।

तर चौधरीले नाइके परियारलाई अस्पताल नपुर्‍याइ घोराहीस्थित प्याराडाइज होटल एण्ड रेस्टुरेन्टमा नास्ता खान पुगेका थिए। त्यहाँ थप दुई युवती भेटिए। चार जनाले सँगै बसेर कफी खाए।

त्यसपछि उनीहरू युवतीसँगै अलग-अलग कोठामा पसेका थिए। सोही मौकामा कैदी परियार प्रहरी जवान चौधरीलाई यौनक्रिडामा भुलाएर भाग्न सफल भए। प्रहरी जवान चौधरी यौनक्रिडामा रमाइरहेका बेला नाइके परियारले कोठामा बाहिरबाट चुकुल लगाइ आफू प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।

‘कैदीले नै यौन सम्बन्धका लागि प्रहरीलाई युवतीको जोहो गरिदिएको पाइएको छ,’ प्रहरी स्रोत भन्छ, ‘अनि होटलमा पुगपछि प्रहरी युवती लिएर भित्र छिर्छ, उसले यौन सम्पर्क पनि राख्छ, त्यहि बेला बाहिरबाट ढोका लगाईदिएर कैदी भाग्छ।’

यस अघि राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भवती प्रेमिका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद सजाय भोगिसकेका थिए।

उनलाई जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको थियो। परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।

सहमतिमा शारीरिक सम्बन्ध राखेको युवतीहरुको बयान
स्रोतका अनुसार परियारलाई भागाउन प्रयोग भएका दुवैजना युवतीमाथि अनुसन्धान भइरहेको छ। दुवै युवतीले सहमतिमा आफूहरुले शारीरिक सम्बन्ध राखेको प्रहरीसमक्ष बयान दिएका छन्।

प्रहरी स्रोतका अनुसार कैदी परियारलाई भगाउन सहयोग गरेको आरोपमा खनाललाई समेत प्रहरीले हिरासतमा राखेको छ। प्रहरी अधिकारीहरुका अनुसार कारागारका जेलर परियारले कैदी परियारलाई आफ्नै मनोमानीले नाइके मात्रै तोकका थिएनन् की उनलाई लामो समयदेखि निजि मोबाइल प्रयोग गर्न समेत छुट दिएको खुलेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083