यस्ताे छ एसपी हिराबहादुर पाण्डेको सिरहामा दादागिरी

6.76K
shares

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेले आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित नेपाली कांग्रेस सिराहा सभापतिको घरमा पुगेर आतंक मच्चाएको खुलेको छ।

स्रोतका अनुसार सरुवाको विषयलाई लिएर एसपी पाण्डे र कांग्रेस सिरहा सभापति रामचन्द्र यादवबीच विवाद भएको हो। विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डेले मध्यराति सभापति यादवको घर पुगेर आतंक मच्चाएको स्रोतले बतायो।

प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ।

एसपी पाण्डेको ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा भएको थियो।

छोटो समयमै आफ्नो सरुवा भएपछि एसपी पाण्डे सभापति यादवसँग असन्तुष्ट थिए। प्रहरी प्रधान कार्यालयले पाण्डेलाई हेडक्वार्टर तानेपछि आक्रोशित पाण्डे गोली हानेर मार्छु भन्दै यादवको घरमा पुगेका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083