अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

सशस्त्र प्रहरी बलका हवल्दार गणेश भण्डारीले सन् २०१७ मा एउटा अश्लिल भिडियो सामाजिक सञ्जालमा सेयर गरे । उनी करिब ११ वर्षको बालकले केराको थम्बामा अश्लिल क्रियाकलाप गरेको भिडियो उनले नेपाल प्रहरीका ९ जना जवानको म्यासेन्जरमा पनि पठाए । प्रहरीका दुई जनाले सेयर गरे । अरुले भिडियो हेरे तर, सेयर गरेनन् ।
चार वर्षपछि गुगलले सो भिडियो ‘डिटेक्ट’ गरेको छ । गुगलले अश्लिले भिडियो सेयर गर्ने व्यक्ति पहिचान गरेसँगै बालबालिकासम्बन्धी काम गर्ने संस्थाले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे पत्र पठाएपछि प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरीलाई कारवाही गरेको छ ।
चाइल्ड पोर्नसम्बन्धी सो भिडियो भारत वा इन्डोनेसिया बनेको हुनसक्ने बताइएको छ । शुरुमा फेसबुकमा भिडियो सेयर गर्ने सशस्त्रका हवल्दार गणेश भण्डारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरीको मुख्यालयलाई पत्र पठाएको छ ।
मंसिर १६ मा बालबालिकाको हितमा काम गर्ने संस्था नेशनल सेन्टर फर मिसिङ एण्ड एक्स्प्लोटेड चिल्डर्न (एनसीएमईसी)ले पत्र लेखेपछि सो घटना बाहिर आएको थियो ।
२३ पुस २०७८, शुक्रवार १२:५२ बजे प्रकाशित