थुनुवाले भरियो सीआईबीको हिरासत
वि.सं.२०८० असार १२ मंगलवार १८:११
5.02K
shares
shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को हिरासत थुनुवाले भरिएको छ।अहिले विभिन्न आरोपमा पक्राउ परेका ३ महिलासहित २७ जना सीआईबीको हिरासतमा छन्।
बैंकिङ कसुर लगायतका आरोपमा पक्राउ परेकाहरु पहिलेदेखि नै हिरासतमा थिए।
ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालकसहित आजै थप ६ जना पक्राउ परेका छन्। यो प्रकरणमा संलग्न थप व्यक्तिहरुको खोजी भइ रहेकाले हिरासत कक्ष खाली गराउने तयारी छ।
तीन जना थुनुवालाई सोह्रखुट्टे लगायतका प्रहरी वृत्तमा स्थानान्तरण गरेर खाली गराउने तयारी भइरहेको स्रोतले बतायो ।





















