चन्द्रागिरिमा विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ
वि.सं.२०८० असार २१ बिहीवार १९:०९
3.85K
shares
shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
कुटपिटबाट घाइते भएकी विद्यार्थीलाई ओम समाज अस्पतालमा भर्ना गरिएको छ ।
कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























