अवधै लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

Nepal Life Insurance Long Ad

काठमाडौं । देशका  विभिन्न स्थानबाट अवधै लागूऔषधसहित १० जना पक्राउ परेका छन् । इलामको माई नगरपालिका-४ डाँडागाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुजन मगर, सोही नगरपालिका गैरीगाउँ बस्ने २३ वर्षीय सेन्चु लिम्बु र सोही नगरपालिका सिंजालीटार बस्ने २० वर्षीय बिशाल थापा मगर रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-२ डायमण्ड होटेल नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय समसुदिन हलुवाई र सोही उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय टिकाराम सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भे.१ ह ५७७५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक हलुवाई र अटोमा सवार सुनारलाई पक्राउ गरेको हो ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ सुकुम्बासी टोल बस्ने २१ वर्षीय रोहन तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका-७ भत्क्यापुल स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-४ मदाह बस्ने २५ वर्षीय अजय चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उनलाई पर्खि बसेका सोही ठाउँ बस्ने ४० वर्षीय चित्र बहादुर थापालाई भे.१० प ४८१६ नम्बरको मोटरसाइकल सहित आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका-१४ आर्मी ब्यारेक स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१५ बिपि चोक बस्ने २४ वर्षीय प्रबिन पोख्रेल र सोही उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राज कुमार कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

२८ असार २०८१, शुक्रवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु