नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० घाइते

1.72K
shares

नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाले उपचारपछि घर फर्किएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार घाइतेहरूको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना तथा चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।