बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस
सेनाको हेलिकप्टरबाट काठमाडौं उद्धार
वि.सं.२०८२ माघ १६ शुक्रवार १२:३३
shares

बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस,
सेनाको हेलिकप्टरबाट काठमाडौं उद्धार
१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व्यक्ति अचानक बेहोस भएका छन् । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि उद्धारको व्यवस्था गरिएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि स्थानीय प्रशासनको समन्वयमा सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं पठाइएको जनाइएको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर सिटौलालाई काठमाडौं पठाइएको जानकारी दिए ।
‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं,’ उनले भने ।
सिटौला काठमाडौंबाटै बालेनसँगै चुनावी अभियानमा अछाम पुगेका थिए । हाल उनको थप उपचार काठमाडौंमा भइरहेको जनाइएको छ ।














