एआईजी कार्कीद्वारा सरुवा भएका एसएसपी रमेश थापालाई शुभकामना सहित विदाई
वि.सं.२०८३ जेठ २१ बिहीवार १७:१०
2.47K
shares
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा प्रहरी परिसर काठमाडौंबाट नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल सरुवा भई कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका एसएसपी रमेश थापालाई विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी बरिष्ठ उपरीक्षकहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थित रहेको थियो ।
























