तिहारसँगै पोखरामा सुन्तलाको व्यापार बढ्यो

Nepal Life Insurance Long Ad

पोखरा । तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ । भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ जिल्लाबाट भित्रिने गर्छ । ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडालगायतका बजारमा थोकरुपमा बिक्री हुने गरेको छ ।

किसानले फलफूलका व्यापारीसँग मिलेर सात प्रतिशत मुनाफा लिएर सुन्तला बिक्री गर्छन् । पोखराबाट वर्षेनी रु २० देखि २५ करोड मूल्यको सुन्तला बिक्री हुने यस व्यवसायमा संलग्न केशव मैनालीले बताए । सुन्तलाको बोक्रा यतिखेर हरियोनै देखिन्छ । तर, तिहारको मागलाई ध्यानमा राखी विगत तीन चार दिनदेखि सुन्तला पोखरामा भित्रिन थालिएको हो । बोक्रा हरियो भए पनि मीठो रहेको स्थानीय ऋषिराम बरालले बताए ।

स्याङ्जाको भिरकुट नगरपालिकाको हेलु बस्ने किसान डब्बलप्रसाद अर्यालले आफूले रु ५० लाखको सुन्तला गत वर्ष बिक्री गरेको बताए । उनी भन्छन्, “आफ्नो र अरु किसानका बगैचाका सुन्तला खरीद गरेर व्यापारीलाई सात प्रतिशत कमिशनमा दिएर सुन्तला बिक्री गरिन्छ । व्यवसायी मैनाली भन्छन्, “गत वर्ष मैले रु दुई करोडको सुन्तला बिक्री गरे ।

यसको व्यापार पहिलोपल्ट शुरु गरेका दिलबहादुर गोतामेले तनहुँको बगैचाबाट सुन्तला खरीद गरिएको बताए । पहिलोपटक भएकाले मूल्यसाथै सुन्तलाको पहिचान गर्न नसक्दा घाटा हुने सम्भावना रहेको बताए । बजारमा यतिखेर स्थानीयसाथै तराई पूर्वी क्षेत्रका व्यापारीको सुन्तला किनमेलमा व्यस्त छन् । टाढाका व्यापारीले ट्रकबाट सुन्तला लान्छन् । केही दिनपछि ठूलो परिमाणमा सुन्तलाको कारोवार हुने यस व्यवसायमा संलग्न व्यवसायी बताउँछन् । रासस


७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

२०८१ माघ १५ मंगलवार

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भएर बग्ने घुन्सा खोलामा...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

२०८१ साउन १४ सोमवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका...

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

२०८१ साउन ६ आइतवार

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना वापत झण्डै...

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

२०८१ साउन ४ शुक्रवार

काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक,...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

२०८१ असार २८ शुक्रवार

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब...

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

२०८१ असार २४ सोमवार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति,...