फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

6.06K
shares

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ। बुधबार ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासंघले जनाएको छ। त्यस्तै बुधबार प्रतितोला ५७ हजार ३०० मा कारोवार भएको तेजावी सुनको मूल्य आज ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने भने बढेको छ। बुधबार ७ सय रुपैयाँले कारोबार भएको चाँदीको मूल्य आज ७०५ रुपैयाँमा बारोबार भइरहेको छ।


divya collage
unigloble collage