आज फेरि बढ्यो नेपाली बजारमा सुनचाँदीको मूल्य
वि.सं.२०७५ मंसिर १९ बुधवार १३:२०
4.77K
shares
shares

काठमाडौं। नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य १ सयले बढेको छ। सोमबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ५८ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँ छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ। मंगलबार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको थियो भने बुधबार ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।















