बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा शुरु

5.37K
shares

काठमाडौँ । ब्याजदरलाई लिएर बैंक र बैंकर्स संघबीच लामो समयदेखि विवाद रहँदै आएको थियो। विवाद सुल्झाउने उद्धेश्यका साथ बैंकर्स संघले मंगलबार बिहान एउटा निर्णय गर्यो। निक्षेप आकर्षित गर्न हम्मेहम्मे परिरहेको बैंकहरुका लागि बैंकर्स संघको त्यो निर्णय अस्त्र सावित बन्यो। बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदर आफ्नो अनुकूलतामा तोक्न वाणिज्य बैंकहरूलाई छुट दिने निर्णय गरेको थियो।

संघको यो निर्णयसंगै ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको छ । निर्णय भएकै दिन (मंगलबार) नै जनता बैंकले जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर तोक्यो । यो ब्याजदर मासिक रुपमा प्रदान गर्ने बैंकले जनाएको छ। बैंकको यस योजनामा ग्राहकले न्यूनतम १ लाख रुपैया ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सकिन्छ । जनता बैंकले मुद्दतीको मात्रै होइन सम्पूर्ण बचत खाताको ब्याजदर समेत वृद्धि गरेर बार्षिक ७५ कायम गरेको छ ।

निर्णयको भोलिपल्ट अर्थात आज (बुधबार) माछापुच्छ्रे बैंकले पनि ब्याज बढाएको सूचना जारी गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ। प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्न सक्छ। अब वाणिज्य बैंकहरुले पनि ब्याजदर बढाउने निश्चित छ। किनकी बैंकहरुमा यतिबेला लगानी योग्य रकमको अभाव छ ।

यस अघि मुद्दतिमा बढीमा साढे १० प्रतिशतसम्म ब्याजदर तोक्न पाउने ब्यबस्था थियो । त्यस्तै बैठकले बचतमा न्यूनतंम सिमा हटाइएको छ । यस अघि ५ देखि ७ प्रतिशत कायम गर्ने ब्यबस्था रहेकोमा अब ७ प्रतिशत राख्ने सहमति गरेको छ। त्यस्तै संस्थागत निक्षेपको हकमा भने १० वर्षसम्मको ११ प्रतिशत र १० वर्षभन्दा माथिको आपसी सहमतिमा ब्याज निर्धारण गर्ने सकिने ब्यबस्था संघले गरेको छ ।