आज फेरि ४ सयले बढ्यो नेपाली बजारमा सुनचाँदीको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

4.85K
shares

काठमाडौं । नेपाली बजारमा (सोमबार) सुनको मूल्य ४ सयले बढेको छ। आइतबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ५९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५९ हजार १ सय रुपैयाँ छ।

त्यसैगरी आज चाँदीको मूल्य ५ रुपैंयाले बढेको छ। आइतबार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ९सोमबार० ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ।