कपडा उद्योगलाई सरकारको अनुदानै अनुदान

6.14K
shares

काठमाडौं । सरकारले नेपाली कपडा उद्योगलाई विभिन्न शिर्षकमा अनुदान दिने निर्णय गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कपडा उद्योग संघले उठाएका मागबारे अध्ययन गर्न गठित कार्यदलले दिएका सुझाव कार्यन्वयन गर्ने निर्णय गरेको सरकार प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

उनले स्वदेशी कपडा उद्योगलाई प्रतिस्पर्धी र दिगो बनाउन सरकारले विभिन्न शीर्षकमा अनुदान दिने निर्णय गरेको जानकारी दिए । क्याविनेटले कपडा उद्योगलाई भन्सार करमा अनुदान, विद्युत महशुलमा अनुदान र बैंक ऋणको ब्याजमा अनुदान दिने निर्णय गरेको हो ।

प्रवक्ता बाँस्कोटाका अनुसार कपडा उद्योगका लागि ल्याउने मेशिसन, स्पेयर्स पार्ट्स, केमिकल, लगायतका वस्तुमा १ प्रतिशतमात्र कर लगाउने निर्णय गरेको छ । यस्तै ५० प्रतिशत विद्युत महशुलमा अनुदान दिने निर्णयसमेत गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । सरकारले कपडा उद्योगले लिएको वा लिने बैंक ऋणमासमेत पाँच प्रतिशत ब्याज अनुदान दिने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083