सडकको कमजोर संरचनाका कारण दुर्घटना बढ्यो : मन्त्री महासेठ

4.85K
shares

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक विभागले दुई लेनका सडक र पुल मात्रै बनाउने बताएका छन् । यातायात मन्त्री महासेठले संघीय संसदको विकास तथा प्रविधि समितिमा वोल्दै अब सडक विभाग मार्फत सिङगल लेनको पुल र सडक निर्माण नहुने बताएका हुन् । उनले भने, ‘सिङगल लेनको बनाउने नीति नै छैन्, अब विभागमार्फत निर्माण हुनै सबै सडक र पुल दुई लेनको मात्र निर्माण हुनेछ ।

साथै यातायात मन्त्रीले सडक विभागलाई दुई लेनमा मात्रै निर्माण गर्नका लागि समेत निर्देशन दिएका छन्। उनले पहाडका भौगोलिक जटिलता भएका ठाउँहरुमा दुई लेनको ट्रयाक खोलेर सिङगल लेनको ब्ल्याक टप गरिने बताए। मन्त्री महासेठले समितिका सदस्यहरुले सडकको कमजोर संरचनाका कारण दुर्घटना बढेको भन्दै ध्यानाकर्षण भएको जानकारी दिए ।

‘नेपालमा अहिले सवारी दुर्घटना दिन प्रति दिन बढ्दै गइरहेको छ, यसलाई के गर्दा न्युनीकरण गर्न सकिन्छ भनेर समाधान गर्न कार्यादल पनि गठन गरेर अध्ययन शुरु गरिसकेको छ ।’ उनले बताए। उनले मन्त्रालयका सहसचिव सरोज प्रधानको संयोजकत्वमा कार्यादल गठन गरिएको पनि जानकारी दिए । कार्यादलले एक महिनामा प्रतिवेदन दिने छ। प्रतिवेदन आएपछि के—के गर्न सकिन्छ मन्त्रालयले सुरक्षाका उपायहरु अपनाउन सम्वन्धित निकायलाई निर्देश दिनेछ।

साथै मन्त्री महासेठले सडकहरु सुरक्षाका लागि पुर्वाधार निर्माण गर्न लागिएको समेत बताए। ‘काठमाडौंका केही ठाउँहरु पहिचान गरेर जेव्रा क्रसिङ, ओभरहेड व्रिज, ट्राफिक चिह्नहरु, ट्राफिक लाईट राख्नने तयारी भइरहेको छ’, उनले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083