अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो, अन्य देशको कति पुग्यो ?
वि.सं.२०७५ पुस १९ बिहीवार ११:१२
5.06K
shares
shares

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) अमेरिकी डलरको भाउ बढेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ १ रुपैयाँ १६ पैसाले बढेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय ११ रुपैयाँ ९८ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५८ पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २१ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४१ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ६३ पैसा छ। एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ७५ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ९२ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
.jpg)





















