सरकारले गरायो लगानी सम्मेलनबारे विकास साझेदार संस्थालाई औपचारिक जानकारी

5.67K
shares

काठमाडौं। सरकारले ‘नेपाल लगानी सम्मेलन’ बारे कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाहरुलाई औपचारिक रुपमा जानकारी गराएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार सिंहदरबारमा नेपालस्थित कुटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रतिनिधिलाई बोलाएर ‘नेपाल लगानी सम्मेलन’ बारे औपचारिक जानकारी गराएका हुन्।

आगामी चैत्र १५ र १६ गते वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ सरकारले सो सम्मेलन आयोजना गर्दैछ। सोही सम्बन्धमा जानकारी दिन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिसँग अर्थमन्त्री खतिवडाले छलफल गरेका हुन्।

लगानी सम्मेलनलाई सफल बनाउन आवश्यक सुझाव लिन विकास साझेदार तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए। उनले छलफलका क्रममा नेपालका विकास साझेदार संस्थाहरुले सो लगानी सम्मेलन सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

अर्थमन्त्री खतिवडाले सो अवसरमा नेपालका विकास साझेदार संस्थाहरुसँग नेपालले वैदेशिक लगानीलाई भित्रयाउन आवश्यक कानुनी, नीतिगत र संरचनागत तयारी गरेको पनि जानकारी गराएका थिए। नेपालमा वैदेशिक लगानी भित्रयाउन सरकारले दोस्रो पटक सो लगानी सम्मेलन आयोजना गर्न लागेको हो।

सम्मेलनलाई सफल बनाउन सरकारले अर्थमन्त्री खतिवडाको संयोजकत्वमा मूल आयोजक समितिनै गठन गरेको छ। अर्थमन्त्री खतिवडाले सो सम्मेलन सफल बनाउन पनि सबैलाई सहयोग गर्न पनि पुनः आग्रह गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083