कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?
वि.सं.२०७५ माघ ३ बिहीवार १२:१६
4.94K
shares
shares

काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर छ। मंगलबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार र बिहीबार भने स्थिर रहेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर छ। आज प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।






























