आज घट्यो नेपाली बजारमा सुनचाँदीको मूल्य

4.88K
shares

काठमाडौँ । आज साताको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो तोलामा १ सय रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले घटेको हो। हिजो प्रतितोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै हिजो प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083