शेयर बजार सामान्य अङ्कले वृद्धि

4.85K
shares

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ।

स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरीद बिक्री भए। कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ।

विशेष गरी जलविद्युत् ५.१४, वित्त १.७५ र उत्पादन उपसमूह ९२.२९ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.४३, होटल १५, विकास बैंक २.८७, निर्जीवन बीमा ०.१९, अन्य २.३९, लघुवित्त १७.६० र जीवन बीमा ६७.६८ बिन्दुले बढेको छ ।

समता माइक्रोफाइनान्स वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी, नागबेली लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले बढी कमाएका छन्।

यस्तै कञ्चन डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपाल, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था तथा एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले बढी गुमाएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083