आज झन् बढ्यो सुन चाँदीको मुल्य, यस्तो छ बजारभाउ
वि.सं.२०७५ माघ २२ मंगलवार ११:४९
5.3K
shares
shares

काठमाडौं । आज मंगलबार सुनको मूल्य झन् बढेको छ। हिजो २ सय रुपैयाँले उकालो लागेको सुनको मूल्यमा आज पनि सय रुपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार तेजावी सुन ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज मंगलबार चाँदी प्रतितोला ७८५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सोमबार चाँदी ७८० रुपैयाँमा कारोबार भएको थियो।





























