सेयर लगानीकर्ताद्धारा धितोपत्र बोर्डमा तालाबन्दी, अर्थमन्त्रीको बर्खास्तीको माग

4.81K
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन्। सेयर बजार सुधार र विस्तारका लागि चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो।

ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो। दबाब समूहले ताला लगाए पछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन्। भित्र थुनिने कर्मचारीको नाम भने खुलाइएको छैन।

समूहले पनि एक जना कर्मचारी भित्रै थुनिएको स्वीकार गरेको छ। दबाब समूहका महासचिव बास्तोलाले एक जना कर्मचारी भुलबस थुनिएको बताए। समूहको शान्तिपुर्ण आन्दोलनमा कसैलाई थुन्ने नियत नभएको उनको भनाई छ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो। समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ। अर्थमन्त्री डा.युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउदै आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083