“न्युटेक्स नेपाल सोरुमको” मन्त्री खनालले गरे उद्घाटन

8.46K
shares

काठमाडौं  कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले नेपाली उद्यमी व्यवसायी र चिनियाँ लगानीकर्ता सम्मिलित न्युटेक्स नेपाल सोरुमको शुक्रबार होटल साङग्रीलामा आयोजित एक कार्यक्रमा केक्क काटेर उद्घाटन गरेका हुन्। दुई मुलुकबीचको व्यवसायी एवं लगानीकर्ताहरुले सञ्चालनमा ल्याएको न्युटेक्स नेपाल सोरुम होटल तथा पर्यटन, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रसँग सम्बन्धित चिनियाँ लगानीकर्ताहरू र नेपाली लगानी कर्ताहरुले सञ्चालनमा लयाएका हुन्।

कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री खनालले उद्यमीलाई स्वागत गर्दै वाह्य लगानी तथा प्रविधि खोजिरहेको नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरे। अहिले यहाँ लगानी गर्ने अनुकुल समय भएको जानकारी गराउँदै उनले चिनियाँ लगानीकर्ताहरुलाई निर्धक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

लगानीका क्रममा कुनै पनि समस्या आएमा त्यसलाई समाधान गर्न भन्दै मन्त्री खनालले व्यवसायिक नाफा कमाउन सकिने मुलुकको रुपमा नेपाल स्थापित भैसकेको बताएका छन्। उनले चिनियाँ लगानीकर्ताहरूको यो कदमले सकारात्मक कार्यको थालनी हुनुका साथै यसले दुबै देशलाई व्यवसायिक रुपमा अझ बढी प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरेका छन्।

चिनिया लगानिकर्ता तथा व्यवसायी चेन्जी हिङ्ले नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्ताहरू निकै इच्छुक रहेको र नेपालमा लगानीका क्षेत्र एवं सरकारी नीति नियमका वारेमा जानकारी पाएको समेत बताएका छन्। उनीहरुले आफुहरुको यो लगानी निकै उपलव्धी मुलक रहेको बताए। चिनियाँ व्यवसायीहरुले भेटवार्ताको क्रममा होटल तथा पर्यटन व्यवसायीहरू, कृषी उपज बिक्रि वितरकहरू, सूचना तथा प्रविधि र विद्युत उर्जा एवं पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नेपालमा लगानीका लागी अझ धेरै इच्छुक रहेको उद्यमी व्यवसायीहरू बताएका छन्।

नेपालको विकास प्रयासमा एक महत्वपूर्ण साझेदारको रुपमा काम गर्न पाउदा र संस्था स्थापनाको यस बीचमा प्राप्त गरेको उपलव्धी उत्साहजनक रहेको भन्दै आगामी दिनमा अझ बढी सहकार्यका माध्यमबाट दुवै देशका जनता लाभान्वित हुने तर्फ सफलता मिलोस भन्ने कामना समेत गरेका छन्।

त्यस्तै चिनिया लगानिकर्ता तथा व्यवसायी लि जोन तावले नेपाल र चीन बीचको दिपक्षीय सम्बन्धलाई अत्यन्त ठूलो महत्वका साथ लिएको बताउदै महत्वपूर्ण साझेदारको रुपमा लिन चाहेको समेत बताए। नेपालको विकास योजना बीच समन्वय कायम भई दुई देश बीच परापूर्व कालदेखि स्थापित आर्थिक तथा सामाजिक आदानप्रदानलाई थप नयां उचाईमा पुर्‍याउने आफ्नो चाहना रहेको बताउनुको साथै आर्थिक तथा व्यवसायीक सम्बन्धलाई थप प्रवद्र्धन र विकास गर्न तत्पर रहेको लगानी कर्ताले स्पष्ट पारेका हुन्।

नेपाली उद्यमी तथा व्यवसायी बच्चु पौडेले पछिल्लो समय नेपालमा लगानीको वातावरण सकारात्मक बन्दै गएको भन्दै राजनीतिक दलहरूको सकारात्मक प्रतिबद्धताका कारण नेपाली लगानीकर्ता उत्साही बनेकोमा खुशी व्यक्त गरेका छन्। उनले न्युटेक्स नेपाल सोरुमको प्रगतिको कामना गदै चिनिया लगानिकर्ताहरुलाई नेपालमा आएर साझेदारी गरेकोमा विशेष धन्यवाद समेत व्यक्त गरेका छन्।

त्यस्तै नेपाली उद्यमी तथा व्यवसायी किशोर बस्नेतले न्युटेक्स नेपाल सोरुमले नेपाल र चीनको व्यसायको पुलको भुमिका निर्वाह गरेको भन्दै आगमि दिनमा न्युटेक्स नेपाल सोरुमले नेपाली उत्पादन चीनमा निर्यात गर्ने तथा आवश्यक वस्तु आयत गर्ने र देशको आर्थिक विकासको अभियानलाई टेवा पुराउने बताएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083