एनटिसीको कार्डमा नम्बर मेटिएपनि रिचार्ज गर्न सकिने

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ ।

यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनुपर्छ ।

यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/ मा लगअन गर्नुपर्छ ।

रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘८’ चिन्ह राख्नुपर्छ ।

जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीच–बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १८८४५८७८८८१२८८५८ संरचना बमोजिम राख्नुपर्छ ।

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ ।

योभन्दा बढीपटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ ।

कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ । यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्थापश्चात हटेको छ ।


७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

२०८१ माघ १५ मंगलवार

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भएर बग्ने घुन्सा खोलामा...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

२०८१ साउन १४ सोमवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका...

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

२०८१ साउन ६ आइतवार

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना वापत झण्डै...

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

२०८१ साउन ४ शुक्रवार

काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक,...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

२०८१ असार २८ शुक्रवार

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब...

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

२०८१ असार २४ सोमवार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति,...