नेपाली चिकित्सकले पाए ५० हजार डलर अन्तराष्ट्रीय पुरस्कार

5.1K
shares

काठमाडौं । युबा अनुसन्धानकर्ता अवार्डबाट डाक्टर बिशाल ज्ञवालीले ५० हजार डलर सहित सम्मानीत भएकाछन् ।

उनलाई अमेरीकाको अफ क्लीनीक अंकोलोजीले यो अवार्ड प्रदान गरेको छ । उनलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता वाईआईए अवार्ड दिइएको हो। हाल, उनी दक्षिणी अन्टारियोको क्यान्सर केन्द्रको अंकोलोजी विभागमा क्यान्सर विज्ञ र क्वीन्स युनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा काम गरिरहेका छन्। वाईआईएले प्रारम्भिक क्यारियरका अनुसन्धानकर्ताहरूलाई ग्लोबल अंकोलोजीमा गुणस्तरीय अनुसन्धानमा प्रोत्साहित गर्न यो अवार्ड प्रदान गर्दै आएको छ।

ज्ञवालीले न्युन आय भएका देशमा प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराउनेहरुलाई आधारभूत किमोथेरापीको तालिमको विषयमा आफ्नो प्रस्ताव तयार पारेका थिए। उनको यही प्रस्तालाई अवार्ड प्रदान गरिएको हो। जसले ग्रामीण भेगका बिरामीहरूलाई घरको नजिक उपचारको सुविधा दिनेछ। उनले यो काम आफ्नै देश नेपालमा सुरु गर्ने छन्।

डा। ज्ञवाली भन्छन्, ‘देशका ग्रामीण भेगका बिरामीहरूले उपचारका लागि राजधानीसम्म पुग्नुपर्छ, तर यदि हामी केमोथेरापी बिरामीमा आधारित प्राथमिक उपचार गर्ने चिकित्सकहरूलाई तालिम दिन सक्दछौं भने उनीहरुले घर नजिकै हेरचाह पाउने छन्।’ २०२० को अन्त्यसम्म उनले आफुले तयार पारेको प्रस्तावना लागू गरी सक्नु पर्नेछ। डा. ज्ञवाली भन्छन्, हामीले पाठ्यक्रमको विकास र केही प्राथमिक हेरचाह गर्ने चिकित्सकहरुको अगुवाई गरी काम सुरु गर्नेछौं।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083