गृहमन्त्रीद्धारा त्रिभुवन विमानस्थलको अनुगमन

4.07K
shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् । बुधबार बिहान अनुगमनको लागि विमानस्थल पुगेका गृहमन्त्री थापाले अध्यागमनको बारेमा जानकारी लिएका थिए ।

गृहमन्त्री बादल अध्यागमनमा पुग्दा त्यहाँ मर्मत, सुरक्षा अवस्था र अध्यागमनमा प्रविधिले कसरी काम गर्छ भन्ने जानकारी विभागका महानिर्देशक ईश्वरराज पौडेलले गराएका थिए ।

भ्रमण वर्ष २०२० लाई मधयेनजर गर्दै अहिले अध्यागमन आकर्षक पार्नेकाम भइरहेको छ। भ्रमण वर्ष नजिकिँदै गर्दा अध्यागमनमा मार्वल बिछ्याएर झकिझकाउ बनाइँदै गरेको महानिर्देशक पौडेलले गृहमन्त्री नेतृत्वको समूहलाई बताए ।

अध्यागमनको अनुगमनमा गृहमन्त्रीसँगै गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत थिए।


Mitsubishi Long Ad