बाँध निर्माण शुरु

Nepal Life Insurance Long Ad

हेटौँडा । बर्सेनि करीब ७०० घर डुबानमा पार्ने हेटौँडा उपमहानगरपालिकाको क्याम्पाडाँडामा रु एक करोड २५ लाखको लागतमा बाँध निर्माणकार्य शुरु भएको छ । बाढी–पहिरोबाट वर्षैपिच्छे हुने डुबान र पहिरोबाट मुक्त पार्न उपमहानगरपालिकाले क्याम्पाडाँडाबाट गर्दोसम्म बाँध निर्माण गर्न लागेको हो ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जनताको सेवा, सुरक्षा तथा विकास गर्नु आफ्नो दायित्व रहेको बताउँदै जनतालाई बाढीपहिरोबाट सुरक्षित गर्न आफू गम्भीर रहेको बताए । क्याम्पाडाँडाका रामबहादुर विष्टले ढिला भए पनि उपमहानगरपालिकाले शुरु गरेको यो काम सराहनीय भएको र छिटो सम्पन्न गरिनुपर्ने बताए । त्यस्तै हेटौँडा कर्राखोलाबाट वर्षायाममा हुने डुबान समस्या समाधान गर्न त्यहाँका जनताले माग गर्दै आएका छन् ।

यसैबीच मकवानपुर क्षेत्र नं २ मा चालू आर्थिक वर्षमा सङ्घीय सरकारको लगानीमा छ ठूला पक्की पुल निर्माणकार्य शुरु भएको छ । सङ्घीय सरकारले चालू आवको बजेटमार्फत छ पुल निर्माण गर्न लागेको हो । पुल अभावका कारण समस्या झेल्दै आएका स्थानमा मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागिएको हो । स्थानीय क्षेत्रमा खोला तर्न वर्षौँदेखि समस्या भोग्दै आएका नागरिकको सहुलियतका लागि सङ्घीय सरकारले उक्त पुल निर्माण गर्न लागेको हो ।

सङ्घीय सरकारको करीब रु एक अर्बको लागतमा छ स्थानीय तहमा उक्त पुल निर्माण गर्दा हजारौँ नागरिकलाई फाइदा पुग्ने कैलाश गाउँपालिकाका राम हुमागाईँले बताए । केही पुलको बोलपत्र आह्वान भइसकेको छ भने केहीको निर्माणकार्य शुरु भएको छ ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...