पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

Nepal Life Insurance Long Ad

दैलेख।

दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो ।

जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायत क्षेत्रलाई आधार मानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किमि साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले बताउनुभयो ।

उहाँका अनुसार साइस्मिक सर्वेक्षणअन्तर्गत १० लाइनमध्ये तीन पूर्वपश्चिम र सात उत्तरदक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुन सक्ने ठाउँ हेरी चार किमी जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएसँगै पहिलो चरणको काम भएको बताउनुभयो ।

चीनको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्र गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिकाका केही क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।

खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा त्रिपाठीले चीनको प्राविधिक टोलीले अहिलेसम्म गरेको चार सर्वेक्षणबाट सङ्कलन गरिएका तथ्यांकको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालेपछि चीनकै अर्को विशेषज्ञ टोली आएर चार किमी गहिराइसम्म मुख्य डिलिङको काम गरिने बताउनुभयो ।

नेपालको संविधान जारी भएपछि मधेशवादी दलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओली चीन गएको बेला पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन गर्ने सहमति भएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि रु दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । गत कात्तिकमा तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको उद्घाटन गर्नुभएको थियो ।


७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

२०८१ माघ १५ मंगलवार

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भएर बग्ने घुन्सा खोलामा...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

२०८१ साउन १४ सोमवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका...

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

२०८१ साउन ६ आइतवार

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना वापत झण्डै...

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

२०८१ साउन ४ शुक्रवार

काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक,...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

२०८१ असार २८ शुक्रवार

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब...

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

२०८१ असार २४ सोमवार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति,...