एनआइसी एशिया लघुवित्तले पनि जेष्ठ महिनामा ब्याज रकममा थप १०% ब्याज छुट दिने
वि.सं.२०७७ जेठ २ शुक्रवार १३:१०
shares

काठमाडौं– एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले पनि जेठ महिनामा आफ्ना ऋणीहरुलाई ब्याज रकममा थप १० प्रतिशत छुट दिने भएको छ । संस्थाले आज एक विज्ञप्ती जारी गर्दै सो निर्णय गरेको जानकारी दिएको छ ।
आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको जेठ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम २०७७ जेष्ठ मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०% रकम र हर्जाना ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक सदस्यहरुलाई लागू गरेको छ ।
साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३% ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १०% को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम आषाढ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यको यस संस्थाको खातामा जम्मा गरिने संस्थाले जनाएको छ ।
साथै यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम २०७७ बैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता बैंशाख महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र ग्राहकहरुको खातामा जम्मा गरिने जानकारी संस्थाले गराएको छ ।
नेपाल राष्ट्र बैंकले मिति २०७७/१/१६ गते कोभिड –१९बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा ३% ले कम गर्न निर्देशन जारी गरी यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा ३% विन्दुले कम गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
तर उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु जस्ता क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छ ।
यसअघि पनि नेपाल राष्ट्र बैंकले मिति २०७६/१२/१६ मा निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो ।
यसअघि राष्ट्र बैंकले चैत्र महिनामा कर्जा किस्ता प्रदान गर्ने ऋणीहरुलाई १०% प्रतिशत छुट प्रदान गर्ने निर्देशन भए बमोजिम र बैशाख महिनामा ऋणीले संस्था आफैले बुझाउनु पर्ने व्याज रकमको १०% प्रतिशत व्याज रकम र हर्जाना व्याज रकमको सतप्रतिसत छुट प्रदान गरीएको थियो ।
यस संस्थाले यस कोभिड १९को महामारीले ग्राहकहरुको आम्दानीमा परेको असर समेतलाई मध्यनजर राख्दै जेष्ठ महिनाुसम्मको सम्पुर्ण लेना रकम भुक्तानी गर्ने ऋणीहरुलाई कर्जाको साधारण व्याज रकमको १०% ले हुन आउने र हर्जाना व्याजको शतप्रतिशत रकम छुट प्रदान गर्ने व्यवस्थालाई जेष्ठ महिनाको लागि समेत निरन्तरता दिने व्यवस्था गरेको जानकारी गराएको छ ।











