अर्थतन्त्र उठाउन केन्द्रित रहने

6.05K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरोत्थान गर्न सहयोग पुग्नेतर्फ केन्द्रित रहने जनाएको छ । तरलता व्यवस्थापन गर्दै ब्याजदरलाई उपयुक्तस्तरमा राख्ने र प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा प्रवाह प्रोत्साहित गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहने राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्न प्राथमिकता प्राप्त क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, रोजगारी सिर्जना एवम् उद्यमशीलता विकासतर्फ वित्तीय साधन प्रोत्साहित गरी आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड दिने उल्लेख गरेको छ ।

त्यस्तै भुक्तानी प्रणालीको विकासमार्फत वित्तीय मध्यस्थताको समय तथा लागत कटौती गर्ने, सर्वसाधारणको वित्तीय पहुँच अभिवृद्धि गर्ने र वित्तीय क्षेत्रको सबलीकरण गर्ने कार्यलाई पनि जारी राख्ने भएको छ ।

कोभिड–१९ महामारीले पार्न सक्ने थप प्रभावलाई समेत ध्यानमा राख्दै अर्थतन्त्रलाई पुनरोत्थान गर्न सरकारको नीति तथा कार्यक्रम र बजेटसँग सामञ्जस्यता कायम हुने गरी वार्षिक मौद्रिक नीति तर्जुमा गरिने राष्ट्र बैंकको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083