चाैधरी ग्रुपलाई केन्यामा श्रम शाेषणकाे आराेप

5.88K
shares

एजेन्सी । चौधरी समूहले  ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब ८० करोड केन्यानी सिलिङ) मा केन्यामा किनेका दुई होटेल बन्द भएका छन्। कोरोना भाइरस संक्रमण सुरु हुनु अघि चौधरी समूहले११६ वर्षअघि नैरोबीमा खुलेको प्रतिस्ठित होटेल द फेयरमण्ट नरफक र फेयरमन्ट मारा सफारी क्लबको स्वामित्व साउदी राजकुमार अल वालीद विन तलालको कम्पनी किङडम होल्डिङबाट किनेकाे थियो।

१४ जेठमा दुवै होटेलका व्यवस्थापनले कोरोना संक्रमण र हालै आएको बाढीको कारण फेयरमन्ट मारा सफारी क्लबमा क्षति पुगेको देखाउँदै सबै कर्मचारीलाई हटाएको अफ्रिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तर, यसरी कर्मचारीलाई अवकाश दिएको प्रति होटेलका कर्मचारीले भने श्रम अधिकार उल्लंघन भएको बताएका छन्। समाचार एजेन्सीका अनुसार कर्मचारीले या त कोरोना संक्रमणको जोखिम नसुल्झिएसक्क बेतलवी बिदा दिनुपर्ने, नभए आधा तलवमा काम लगाउनुपर्ने माग गरेका थिए।

तर होटेल व्यवस्थापनले एकपक्षीय रुपमा सूचना निकालेर सबै कर्मचारीलाई अवकाश दिएको घोषणा गरेको अफ्रिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

समाचार एजेन्सीका अनुसार त्यहाँको ट्रेडयुनियनको विरोधपछि केन्या सरकारले होटेल व्यवस्थापनलाई सबै कर्मचारी हटाउनुको कारण सोधेको थियो। त्यसलगत्तै २२ जेठमा होटेल व्यवस्थापनले सबै कर्मचारी बर्खास्त गर्ने निर्णय फिर्ता लिएको भने पनि दुवै होलटको पुनरसंरचना गर्नु पर्ने र त्यस कामका यो वर्षभरि नै समय लाग्ने बताएको थियो।

मजदुर विवाद लम्बिरहे पनि होटल भने बन्द नै रहने चौधरी समूहले जानकारी दिएको छ। किङ्डम होल्डिङले सन् २००५ मा यी दुईसहित चार होटेल ६ अर्ब सिलिङमा किनेर स्तरोन्नति गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083