१८ करोडको सवारीसाधन खरिद गर्दै नेपाली सेना

8.98K
shares

काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ । सेनाले तराई र पहाडका लागि ५/५ वटा डबल क्याब पिकअपसहितका सवारी साधन खरिद प्रक्रिया अघि बढाएको हो ।

अति जरुरी भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको स्रोतले जानकारी दिएको छ । सेनाले ३० वटा पिकअप ‘सी’ क्याटेगोरीको ५ वटा एम्बुलेन्स पनि खरिद गर्न यसअघि नै माग गरेको थियो ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारीका बेला प्रयोग प्रयोग हुने भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स पनि सेनाले खरिद गर्ने भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083