बैतडीमा मास्क नलगाई हिँडडुल गर्नेबाट उठ्यो ३४ हजार राजश्व
वि.सं.२०७७ साउन २३ शुक्रवार ११:१९
7.02K
shares
shares

File photo
बैतडी : जिल्लामा मास्क नलगाई हिँड्नेसँग १ सय रुपैयाँ जरिवाना लिन थालिएपछि गत असार २३ गतेदेखि हालसम्म ३४ हजार राजश्व संकलन भएको छ ।
लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि बैतडीमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर, मानिसहरुमा बिना मास्क बाहिर हिँडडुल गर्न थालेपछि जिल्ला प्रशासनले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो ।
गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३ सय ४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनीहरुबाट जरिवाना स्वरुप ३४ हजार १ एक सय रुपैयाँ संकलन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


















