नेपाल एम्बुलेन्स सेवाको अध्यक्षमा डा. वैद्य, आचार्यले गरे नेतृत्व हस्तान्तरण

Nepal Life Insurance Long Ad

निजी क्षेत्रबाट सञ्चालित नेपाल एम्बुलेन्स सेवाको अध्यक्षमा डा. प्रदीप वैद्य चयन भएका छन् । निवर्तमान अध्यक्ष रञ्जित आचार्यले आफ्नो तीन वर्षे कार्यकाल सकेर डा. वैद्यलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

आचार्यको नेतृत्वमा संस्थाले २८ हजार ९६४ जनालाई एम्बुलेन्स सेवा दिएको छ । यस्तै, यस अवधिमा संस्थाले ९ हजार ६६८ जना कोभिड संक्रमितलाई निशुल्क सेवा प्रदान गरेको निवर्तमान अध्यक्ष आचार्यले बताए ।

उनको कार्यकालमा संस्थाले कोभिडका बिरामी र अन्य सबै प्रकारका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन थालेका छ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग एमओयू गरेर संस्थामा ५० लाखको कोष सृजना भएको छ ।

अब संस्थाले सात वटै प्रदेशमा आफ्नो सेवा स्थापना गर्न लागेको आचार्यले जानकारी दिए । नेपाल एम्बुलेन्स सेवाबाट निःशुल्क सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्ने हुन्छ ।

६ भदौ २०७८, आइतवार १४:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु