प्रभु बैंकले जारी गर्याे एकभन्दा बढी डेबिट/क्रेडिट कार्ड तथा खाता भएका ग्राहकका लागि सूचना

4.02K
shares

काठमाडाैं । प्रभु बैंकले एकभन्दा बढी डेबिट/क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अव एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाउने भएका छन् ।।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ.प्र.निर्देशन नं. (२१.०७९)बुँदा नं ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा. बैंकले तोके बाहेक)खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ । सो अनुसार प्रभु बैंकले उक्त प्रकारका खाता खोलि कारोबार गरिरहेका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन बैंकले आग्रह गरेको हो ।

बैंकका अनुसार स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता वा कार्ड लिएका ग्राहकले असार मसान्त भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गनुपर्ने छ । सो समय पश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083