बढ्यो सुनको मूल्य

4.99K
shares

काठमाडौं । केहि दिनयता नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १४ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083