कन्या बचत तथा ऋण सहकारी सस्था लि.को दशौ बार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८० पुस १६ सोमवार २१:३३
7.33K
shares
shares

काठमाडौ । कन्या बचत तथा ऋण सहकारी सस्था लि.को दशौ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । पुरानोबानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा सम्पन्न भएकाे हाे ।
उक्त सभाको सर्वसम्मतिले नयाँ संचालक समितिको चयन गरेको छ । अध्यक्षको रुपमा चयन हुनु भएका बालकुमार बिश्वकर्मा (सुमन) ले यस सस्थालाई अझ ससक्त रुपमा अघि बढाउन लागि पर्ने घोषणा गर्नु भएको छ।
त्यसै गरी संचालक समितिका अन्य पदाधिकारीले पनि यस संस्थालाई अघि बढाउन आफुहरु सक्रिय रुपमा लागिपर्ने कुरा बताउनु भएको छ ।
यस सभाका सभापतिका रुपमा रहनु भएका निवर्तमान अध्यक्ष अर्जुनकुमार बिश्वकर्माले सस्थालाई बिश्वास गरि यहासम्म ल्याइपुर्याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भएकाे थियाे।






























