२५ हजार धनराशीको “उत्कृष्ट महिला प्रहरी पुरस्कार” प्रदान गर्ने सम्झौता

4.2K
shares

बिराटनगर । महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने महिला प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी उत्कृष्ट कार्य गर्ने महिला प्रहरी कर्मचारीलाई २५ हजार धनराशीको “उत्कृष्ट महिला प्रहरी पुरस्कार” प्रदान गरिने भएको छ ।

सुनसरीको धरानकी समाजसेवी श्रीमती शिला श्रेष्ठ बज्राचार्य र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला बिच पुस १६ गते भएको द्विपक्षिय सम्झौतामा आगामी प्रहरी दिवसको दिन देखी निरन्तर रुपमा पुरस्कार प्रदान गरिने सम्झौता भएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने महिला प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न एवं उत्प्रेरणा र हौसला प्रदान गर्न प्रत्येक बर्ष असोज महिना देखि भाद्र महिना सम्ममा उत्कृष्ट कार्य गर्ने महिला प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी प्रत्येक बर्ष मनाईने प्रहरी दिवस कार्यक्रममा “उत्कृष्ट महिला प्रहरी पुरस्कार” प्रदान गरिने प्रदेश प्रहरी प्रमुख बास्तोलाले बताउनु भयो । छनौट समितिले उत्कृष्ट कार्य गर्ने महिला प्रहरी कर्मचारीको कार्य बिवरण सहित पेश गरेको प्रतिवेदन अनुसार एक वा एक भन्दा बढी महिला प्रहरी कर्मचारीहरुलाई संयुक्त रुपमा समेत उक्त पुरस्कार दिन सकिनेछ ।

कार्यक्रममा पुरस्कारका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले २०८१ सालबाट आफ्नो जीवनभर पुरस्कारको रकम सिधै उपलब्ध गराउने र शेष पश्चात छोरा बुहारीहरुबाट समेत पुरस्कार रकम निरन्तर रुपमा उपलब्ध गराउने बताउनु भयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083