शेयर बजार : दोहोरो अङ्कको वृद्धि

6.05K
shares

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ। पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको मगलबार पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको छ। आज कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकिङ १० दशमलव ४८, होटल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव २८, जलविद्युत् ३ दशमलव ०४, वित्त १ दशमलव २५, निर्जीवन बीमा ५७ दशमलव ०२, उत्पादन ०७, अन्य ३ दशमलव १५, माइक्रोफाइनान्स १५ दशमलव ३७ र जीवन बीमा ६५ दशमलव ३३ बिन्दुले बढेको छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083