लागुऔषधसहित तीनजना पक्राउ

7.35K
shares

रुकुम । रुकुम पश्चिममा १० किलो चरेशसहित तीनजना पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ राडिका ४२ वर्षीय ईन्द्र चन्द, सोही ठाउँका ३८ वर्षीय कर्णबहादुर शाही र सल्यान ढोरचौर घर भई हाल दाङ तुल्सिपुर-९ बस्ने ६० वर्षीय हिक्मत बुढाथोकी रहेका छन्। लागुऔषध चरेशको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सक्रियतामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका प्रमुख सुमित खड्काले बताए। उनका अनुसार आठबिसकोट नगरपालिका १३ भल्माबाट उनीहरूलाई सोमबार राति १ गते पक्राउ गरिएको हो।

उनीहरूका साथबाट १० किलो १०० ग्राम चरेशसहित ४३ हजार ४४५ नगद, उक्त चरेश तौलन प्रयोग हुने तराजु, नापतौलका लागि प्रयोग हुने पुरानो सिक्का, ढक र तीन थान मोबाइललगायतका अन्य सामग्रीहरू बरामत गरिएको छ। उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख खड्काले बताए। उनका अनुसार पक्राउ गरेका व्यक्तिहरूबाट थप बुझेर चरेश व्यापारको जालोसमेत खोज्न प्रहरी लागिपरहेको छ।


divya collage
unigloble collage