सहकारी संस्थालाई वित्तिय अनुशासन पालना गर्न चेतावनी

Nepal Life Insurance Long Ad

काठमाडौं । सरकारले सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीमा जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएका हुन्।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुले जसरी नै सहकारी संस्थाहरुले पनि वित्तिय अनुशासन पालना गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।

सचिव मैनालीले प्रदेश र स्थानीय तहमा सहकारी संस्थाहरुको नियमनका लागि आवश्यक संस्थागत संरचना र जनशक्ति परिचालनको काममा ढिलाई नहुने पनि जानकारी दिए। मैनालीले सहकारी संस्थाहरुको कडा अनुगमन गर्नेगरी सरकारले को–अपरेटिभ प्रणालीलाई कार्यान्वयनमा ल्याएको पनि स्मरण गराए।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सहकारी अभियन्ता केशव बडालले गलत बाटोमा लागेका सहकारी संस्थाहरुलाई कार्वाही गर्न सरकारसँग माग गरे। उनले सरकारले पनि सहकारी संस्थाहरुलाई सहज ढंगले अघि बढाउन आवश्यक वातावरण बनाउनुपर्नेमा पनि जोड दिए। पूर्व कृषिमन्त्री समेत रहेका बडालले नेपालको गरिबी निवारणमा सहकारी संस्थाहरुले खेलेको भूमिकाको उचित मूल्यांकन राज्यले गर्न नसकेको गुनासो पनि गरे।

नेता बडालले सहकारी संस्थाहरुको उचित व्यवस्थापन गरेर यसको प्रभावकारी परिचालन गर्न सरकारले ढिलाई गर्न नहुने पनि उल्लेख गरे।


लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

२०८० फागुन ७ सोमवार

लुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा...

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

२०८० माघ १५ सोमवार

लुम्बिनी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि...

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

२०७७ माघ १६ शुक्रवार

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित...

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

२०७७ साउन ६ मंगलवार

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो...

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

२०७७ जेठ २२ बिहीवार

सुर्खेत : भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन...

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

२०७७ वैशाख ८ सोमवार

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप...