अमेरिकाविरुद्ध १० नम्वर जर्सी लगाएर राष्ट्रको लागि अन्तिम खेल खेल्दै इंग्ल्याण्डका स्टार फुटबलर ‘रुनी’

6.73K
shares

काठमाडौँ । इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायन रुनीले राष्ट्रको लागि अन्तिम खेल खेल्दा १० नम्वरको जर्सी लगाएर खेल्ने छन्।

अमेरिका विरुद्ध बिहीवार हुने खेलमा रुनीले चर्चित १० नम्वरको जर्सी लगाउनेछन्। अमेरिका विरुद्धको खेल रुनीको फेयरवेल म्याच भएकोले उनको लागि यो विशेष खेल हुनेछ।

खेलअघि रुनीलाई गार्ड अफ अनर समेत प्रदान गरिनेछ। अमेरिका विरुद्धको खेलमा इंग्ल्याण्डको कप्तानीमा फाबियन डेल्फले गर्नेछन्। प्रशिक्षक गारेथ साउथगेटले डेल्फले कप्तानी आर्मब्याण्ड लगाउने पक्का गरिसकेका छन्। डेल्फले आफूले पहिलो पटक इंग्लयाण्डको लागि खेल्दा रुनी कप्तान रहेको र रुनीले नै उनलाई वेलकम गरेको सम्झना गर्दै अब रुनीलाई आर्मब्याण्ड दिने बताए।

रुनी दोस्रो हाफमा मैदान प्रवेश गर्ने र डेल्फले रुनीलाई कप्तानको आर्मब्याण्ड दिनेछन्।

यस्तै साउथगेटले कलुम विलसन, लेविस डक र जोडन सान्चोलाई यसै खेलमार्फत थ्री लायन्सबाट डेब्यु गराउँदैछन्। गत वर्ष नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका रुनीले इंग्ल्याण्डको जर्सीमा अन्तिम पटक खेल्न लागेका हुन्। उक्त खेलबाट वायन रुनी फाउण्डेसनका लागि पैसा समेत संकलन गरिनेछ।

रुनीले इंग्ल्याण्डका लागि ११९ खेलमा ५३ गोल गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083