दातृ निकायले दिएको सहयोग अन्त्य हुने खतरा छ : अर्थसचिव ‘खनाल’

Nepal Life Insurance Long Ad

काठमाडौं । अर्थसचिव राजन खनालले देशको संघीयतालाई अन्तर्राष्ट्रिय दातृ निकायले नजिकबाट नियालिरहेको र खर्च प्रणालीका विषयमा प्रश्न गरिरहेको बताएका छन् ।

दातृ निकायले दिएको सहयोगबाट भएका कामहरुको प्रतिवेदन सही ठाउँमा जान्छ कि जाँदैन यसमा प्रश्न रहेको उनले उल्लेख गरे । खनालले भने, ‘उनीहरुले दिएको सहयोगको खर्च प्रणाली प्रतिवेदनबाट सही जवाफ दिन सकेनौ भने सोे सहयोग अन्त्य हुने खतरा छ’ ।

वित्तीय संघीयता आफैँमा सहज नभएकोले खर्च प्रणालीलाई पारदर्शी बनाउन पनि उनले आग्रह गरे । आइतबारबाट राजधानीमा सुरु भएको सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले सार्वजनिक वित्ति व्यवस्थापन लाई सुधार गर्न तयार रहेको बताए ।

यस्तै महालेखा परिक्षक टंकमणि शर्मा दंगालले नीति नियम र योजना कार्यान्वयनको पक्ष कमजोर रहेको औँल्याए । उनले फिल्ड अफिसर भन्दा पनि ऐन नियम उल्लंघन गर्नेमा केन्द्र र मन्त्रालय अगाडि देखिएको आरोप लगाए ।

कार्यक्रम निर्माण, बजेट तर्जुमा लगायत हरेक ठाउँमा कमजोरी देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न पनि मातहतका निकायलाई सुझाव दिए ।


लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

२०८० फागुन ७ सोमवार

लुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा...

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

२०८० माघ १५ सोमवार

लुम्बिनी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि...

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

२०७७ माघ १६ शुक्रवार

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित...

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

२०७७ साउन ६ मंगलवार

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो...

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

२०७७ जेठ २२ बिहीवार

सुर्खेत : भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन...

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

२०७७ वैशाख ८ सोमवार

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप...