आज शेयर बजार ६ अङ्कले पुनः घट्यो

4.88K
shares

काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्य ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.९ बिन्दुले घटेर १ हजार १८९.५६ बिन्दु भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) १.२१ बिन्दुले घटेर २५२.९३ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १४८ कम्पनीको ७ लाख ९ हजार ३७९ कित्ता शेयर २१ करोड २९ लाख १७ हजार २२ मा खरीद बिक्री भएका थिए । कारोबार भएका कूल ९ उपसमूहमध्ये २ उपसमूहको शेयर कारोबारमा वृद्धि भएको छ । वित्त उपसमूह ०.९१ र अन्य उपसमूह २.३४ बिन्दुले बढेको छ ।

यस्तै बैङ्किङ ६.३, होटल १९.६४, विकास बैङ्क ५.९७, जलविद्युत् २२.७९, निर्जीवन बीमा १२.७८, माइक्रोफाइनान्स ७.५७ र जीवन बीमा ३२.१८ बिन्दुले घटेका छन् ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, गुह्येश्वरी मर्चेन्ट बैङ्क एण्ड फाइनान्स कम्पनी, एनआइबिएल समृद्धि फण्ड एक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स समता माइक्रोफाइनान्स वित्तीय संस्था, अरुण काबेली पावर, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083