घर बनाउन नसकेर ‘सुकुम्बासी’ले फिर्ता गरे सरकारको ५० हजार

Nepal Life Insurance Long Ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१, ठोकर्पाका भूकम्प पीडित प्रेमबहादुर कार्कीले सोमबार सदरमुकाम चौतारामा आएर पुनर्निर्माण प्राधिकरणबाट पाएको ५० हजार अनुदान फिर्ता गरे । घर बनाउन नसकेर अनुदान फिर्ता गर्ने जिल्लाका पहिलो लाभग्राही बनेका उनी करिब-करिब सुकुम्बासी हुन् ।

कार्कीले पुनर्निर्माण प्राधिकरणको खातामा अनुदानको ५० हजार जम्मा गरेर अनुदान व्यवस्थापन कार्यालयमा आई भौचर बुझाएको निमित्त आयोजना व्यवस्थापक भरतकुमार थापाले जानकारी दिए । लामो समयदेखि व्यवसाय गरेर राजधानीमा बस्दै आएका कार्कीले २०७३ मा सिन्धु विकास बैंक सुकुटेबाट पहिलो किस्ताबापतको ५० हजार रुपियाँ लिएका थिए । समयसीमाभित्र घर बनाउन नसकेपछि रकम फिर्ता गरेको कार्कीले बताए ।

साविकको ठोकर्पा-४ मुलखर्क र हाल सुनकोशी गाउँपालिका-१ का स्थायी बासिन्दा कार्कीले ठोकर्पा छाडेको लामो समय भयो । गाउँमा सयौं रोपनी जग्गा थियो उनको नाममा । तर, ब्लड क्यान्सर भएको आमाको उपचारमा खर्च जुटाउने क्रममा उनले भएभरको जग्गा बिक्री गरे । अन्त्यमा न आमा रहिन् न जग्गा नै रह्यो ।

अनुदान रकम फिर्ता गर्न आएका कार्कीले भने, ‘मेरो नाममा अब जम्मा १ आना २ पैसा मात्रै जग्गा बाँकी छ, त्यो जग्गामा घर बन्दैन, त्यसैले अनुदान फिर्ता गरेँ ।’ कार्कीको ठोकर्पामा १ आन २ पैसाबाहेक कतै पनि जग्गा छैन । अन्यत्र घर-जग्गा भएका करोडपतिहरुले सरकारी अनुदान लिएर पचाए पनि कार्कीले भने फराकिलो छाती बनाएर रकम फिर्ता गरेका छन् ।

‘धनीमानी भनाउँदाहरुले अनुदान लिएर घर बनाएका छैनन्, न त अनुदान नै फिर्ता गरेका छन् । तर १ आना २ पैसा मात्रै जग्गा हुनेले अनुदान फिर्ता गरे,’ कार्यालयका लेखापाल दिनविनोद घिमिरेले भावुक बन्दै भने ।

राजधानीमा सामान्य किरान पसल सञ्चालन गरेर भाडामा बस्दै आएका कार्कीका एक छोरा, दुई छोरी र श्रीमतीसहित पाँच जनाको परिवार छ । पसलको आम्दानीबाट परिवार पाल्न धौधौ हुन्छ । ‘आफूलाई समस्या छ भन्दैमा सरकारको पैसा त्यसै खानु हुँदैन र खान पनि सकिँदैन,’ रकम बुझाएको भौचर हस्तान्तरणपछि कार्कीले भने, ‘साढे दुई वर्षदेखिको एउटा गहु्रगो भारी आज यहाँ आएर बिसाएको छु ।’

अनुदान रकम फिर्ता गर्नका लागि कार्कीले विगत १ महिनादेखि नै आफूहरुलाई फोन गरिरहेको आयोजना कार्यालयका निमित्त व्यवस्थापक भरतकुमार थापाले बताए ।

निजी आवास निर्माणका लागि लिएको अनुदान फिर्ता गरेपछि पुननिर्माण प्राधिकरणले कार्कीलाई सम्मानपत्र दिएर सम्मान गरेको छ । प्रधिकरणले तोकेको समयमा नै रकम फिर्ता गरेकोमा हार्दिक आभार व्यक्त गरेको छ । निजी आवासका लागि अनुदान लिएर घर नबनाउनेहरुलाई अनुदान फिर्ता गर्न पुननिर्माण प्राधिकरणले अनुरोध गरेको थियो । यससँगै भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा अनुदान फिर्ता सुरु भएको हो ।

५३ हजार ९ सयले बनाए घर

भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक जिल्लामा हालसम्म ५३ हजार ९ सय लाभग्राहीले तेस्रो किस्ताको अनुदान लिएका छन् । उनीहरु सबैले घर निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयले जानकारी दिएको छ ।

८७ हजार १ लाभग्राहीमध्ये ८४ हजार ९ सय २२ ले पहिलो किस्ताबापतको ५० हजार अनुदान लिएका छन् । त्यस्तै ७५ हजार ७१ जनाले दोस्रो र ५३ हजार ९ सयले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिएका छन् । १२ स्थानीय तहमध्ये बलेफी गाउँपालिका र चौतारा नगरपालिका पुननिर्माण कार्यमा अघि रहेका छन् भने भोटेकोशी र पाँचपोखरी थाङपाल गाउँपालिका पछि रहेका छन् ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...