सिरियाले रासायनिक हतियार प्रयोग गरेको आरोपमा अमेरिका, बेलायत र फ्रान्सद्वारा सिरिया माथि आक्रमण

6.44K
shares

एजेन्सी। अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त हवाइ आक्रमण गरेका छन्। सिरियाले रासायनिक हतियार प्रयोग गरेको भन्दै पश्चिमा शक्तिहरुले सो आक्रमण गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा गरेको सम्बोधनमा फ्रान्स र बेलायतको सेना सँग मिलेर संयुक्त आक्रमण चलि रहेको बताए। सिरियाको राजधानी दमास्कस नजिकै विस्फोटको आवाज आएको बताइएको छ।

अमेरिकाका लागि रुसी राजदूतले पश्चिमाहरुको यो क्रियाको नराम्रो परिणाम आउने चेतावनी दिएका छन्। वर्षौँसम्म आतंककारीहरुसँग जुधेर सिरिया शान्तितर्फ उन्मुख हुँदै गरेको बेला पश्चिमा शक्तिहरुले आक्रमण गरेको भन्दै रुसी विदेश मन्त्रालयको आक्रमणको भर्त्सना गरेको छ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यो आक्रमण सिरियालाई कठोर सन्देश दिने एक पटकको आक्रमण भएको बताएका छन्। सिरियाको सरकारी टिभीका अनुसार उसले १३ अमेरिकी क्षेप्यास्त्रलाई ध्वस्त पारेको छ। अमेरिकाले दमास्कसको वैज्ञानिक अनुसन्धान केन्द्रमा आक्रमण गरेको पनि सो टिभीले जनाएको छ। एजेन्सी