नयाँ वर्षको अवसरमा प्रचण्डले दिए सबै नेपालीलाई शुभकामना

7.72K
shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षको अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको कामना गरेका छन् ।

नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबैलाई विशेष अपील समेत गरेका छन् । ‘नयाँ वर्ष वि.सं.२०७५ सालको सुखद् उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ अध्यक्ष प्रचण्डले भनेका छन् यस सुखद् अवसरमा २०७४ सालले हामीलाई दिएको स्थिर सरकारको जग बाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबै नेपालीहरुमा विशेष अपील समेत गरेका छन् ।

नयाँ संविधान कार्यान्वयन, राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न २०७४ सालले आधार र उर्जा प्रदान गरेको भन्दै अध्यक्ष प्रचण्डले नेपाली इतिहासमा वि.सं. २०७४ साल अविस्मरणीय रहेको पनि बताएका छन् । ‘मुलूकमा संघीय प्रणालीको व्यवहारिक अभ्याससहित स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न हुनु नेपाल र नेपालीका लागि गौरवको कुरा हो’ उहाँले शुभकामना सन्देशमा भनेका छन् । अध्यक्ष प्रचण्डले स्थिरता, शुसासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन पनि सबै नेपालीलाई आह्वान गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083